मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा [भिडियो]

hamrakura.com · Sun Nov 22 00:00:00 UTC 2026

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र साह बालेन भारतको दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आइतबार दिउँसो नयाँ दिल्ली आइपुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नेपाली समयअनुसार अपराह्न ३ः३० बजे उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा प्रधानमन्त्री साहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। विमानस्थलबाट उनी सिधै बसाइका लागि तय गरिएको होटल ताजमहल प्रस्थान गरेका छन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)