प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
reportersnepal.com · Sun Nov 22 11:17:20 UTC 2026

नयाँदिल्ली (भारत), ६ मङ्सिर । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३स्१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गरे । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)