प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता हुँदै
gorkhapatraonline.com · Sun Nov 22 11:44:54 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले अहिले केही बेरमा शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ । होटल ताजमा हुने भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले अहिले तयारी गरेको जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहलाई विदेशमन्त्री जयशंकरले भारत सरकारको तर्फबाट औपचारिक रूपमा स्वागत गर्नुहुनेछ । साथै भेटमा भ्रमणका अवसरमा हुने विविध सहमति र सहकार्यका बारेमा भारतीय विदेशमन्त्री जयशंकरले अवगत गराउनुहुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)