मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश
nepalviews.com · Sun Nov 22 13:00:48 UTC 2026

काठमाडौं । चितवन को–ई समूहअन्तर्गत मनकामना केबलकारको सहायक कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकार प्रालिद्वारा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश गरेको छ । मनकामनाको पहिलो लक्जरी होटलका रूपमा रहेको रिसोर्टले एक वर्षको सञ्चालन पूरा गरेको हो ।
रिसोर्टले तीर्थयात्राका लागि मात्रै नभई अन्य पर्यटकीय गतिविधिका लागि पनि मनकामनालाई गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ । मनकामना आउने पाहुनालाई विलासी र आरामदायी बसाइको अनुभव प्रदान गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)