मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री साह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

hamrakura.com · Sun Nov 22 00:00:00 UTC 2026

नयाँ दिल्ली । भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता भएको छ। भ्रमणको पहिलो दिन साँझ ६ बजे प्रधानमन्त्री साह बसेकै होटलमा उक्त भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३५ सदस्यीय आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री साह आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)