पेचिलो बन्दै इजरायलमा नयाँ सरकार गठन, वार्तामा नेतान्याहु र आइसेनकोटको दल
bishowkhabar.com · Sun Nov 22 13:06:32 UTC 2026

काठमाडौं– इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका राजनीतिक प्रतिद्वन्द्वी गादी आइसेनकोटका दलले वार्ता पुनः सुरु गरेका छन् । अक्टोबरमा भएको निर्वाचनबाट कुनै पनि राजनीतिक समूहले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि दुवै पक्षबीच छलफल अघि बढेको हो ।
आइसेनकोटको याशर पार्टी र नेतान्याहुको लिकुड पार्टीका प्रतिनिधिहरू आइतबार तेल अभिभनजिकै हर्जलियास्थित एक होटलमा लगातार दोस्रो दिन वार्तामा बस्दैछन् । उनीहरूबीच स्थानीय समयअनुसार दिउँसो १ बजे छलफल हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)