हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते
barnanmedia.com · Sun Nov 22 13:04:48 UTC 2026

हङकङको व्यस्त किनमेल क्षेत्र चिमसा चोईमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे प्राट एभिन्युमा गुडिरहेको एउटा कारले पहिले सडकबत्तीको पोल र अर्को सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको कार सडकपेटीमा चढ्दा पैदलयात्रीहरूलाई ठक्कर दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)