रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने
nagariknews.nagariknetwork.com · Sun Nov 22 13:08:34 UTC 2026

भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।
संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय र्यापर डिभाइन (DIVINE) मुख्य आकर्षणका रूपमा रहनेछन्। भारतीय हिपहप संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका डिभाइनसँगै नेपाली र्यापर साकार (SACAR) ले पनि प्रस्तुति दिनेछन्। त्यस्तै, लोकप्रिय नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन्। नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत कार्यक्रममा विशेष स्थान दिइने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)