एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार
onlinekhabar.com · Sun Nov 22 13:04:57 UTC 2026

६ मंसिर, काठमाडौँ। कृत्रिम बौद्धिकता (एआई) का बारेमा विश्वविद्यालयहरूले आफूखुसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।
कानुनका विद्यार्थीहरूले एआईका बारेमा राज्यको स्पष्ट नीति र त्यसमा आधारित कानुन जारी नहुँदासम्म विश्वविद्यालयहरूले आफूखुसी रूपमा प्रयोग गर्ने बौद्धिक चोरी नियन्त्रणसम्बन्धी सफ्टवेयर प्रयोग गर्न नहुने माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)