प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
kendrabindu.com · Sun Nov 22 13:06:32 UTC 2026

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल भएको हो।
भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)