मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री वालेन बसेकाे ताजमहल होटेलमा भारतीय विदेशमन्त्री जयशंकरले गरे शिष्टाचार भेट

nepalviews.com · Sun Nov 22 13:13:54 UTC 2026

काठमाडौं । दुईदिने भ्रमणको क्रममा आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज साँझ शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको बसोबास प्रबन्ध गरिएको नयाँ दिल्लीको मानसिंह रोडस्थित ताजमहल होटेलमा यो भेट भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन् । यसैगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नयाँदिल्लीस्थित नेपाली दूतवासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापा भेटवार्तामा सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)