मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियन ओपनको वाइल्ड कार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान

kendrabindu.com · Sun Nov 22 13:18:59 UTC 2026

काठमाडौं । पोखराका टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन् । यो प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । नोभेम्बर २३ देखि २८ सम्म छेङ्दुस्थित सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुने प्रतियोगितामा उनले पुरुष एकलतर्फ प्रतिस्पर्धा गर्नेछन्।

छनोट चरणमा आठ खेलाडी छन् । तीमध्ये चार जनाले वरीयताका आधारमा स्थान पाएका हुन् भने बस्तोलासहित चार जनाले वाइल्डकार्ड पाएका छन् । छनोटबाट चार खेलाडी १६ जना सम्मिलित मुख्य प्लेअफमा पुग्नेछन् । त्यसको विजेताले आगामी जनवरीमा अस्ट्रेलियाको मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको पुरुष एकल मुख्य ड्रमा स्थान पाउनेछ । बस्तोलाका लागि यो पहिलो पटक ग्रान्डस्लामको मुख्य प्रतिस्पर्धामा पुग्ने अवसर हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)