मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ हजार अनुसन्धानकर्तालाई पछि पार्दै नेपाली वैज्ञानिक पल्लव श्रेष्ठले जिते जर्मनीको प्रतिष्ठित अवार्ड

kendrabindu.com · Sun Nov 22 13:22:23 UTC 2026

काठमाडौं । जर्मनीको प्रतिष्ठित वैज्ञानिक संस्था हेल्महोल्ट्ज एसोसिएसनले प्रदान गर्ने सन् २०२६ को विद्यावारिधि अवार्ड नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले प्राप्त गरेका छन्। विश्वभरका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्येबाट छनोट हुँदै उनीसहित ११ जना अनुसन्धानकर्ता यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका हुन्।

नेपालबाट यो पुरस्कार प्राप्त गर्ने डा. श्रेष्ठ सम्भवतः पहिलो व्यक्ति हुन्। हेल्महोल्ट्ज एसोसिएसनका अध्यक्ष प्रा. मार्टिन केलरले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। प्रसिद्ध जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्महोल्ट्जको नामबाट स्थापना भएको यो संस्था जर्मनीका १८ वैज्ञानिक तथा प्राविधिक अनुसन्धान संस्थाहरूको छाता संगठन हो। वैज्ञानिक अनुसन्धानबाट प्राप्त उपलब्धिलाई प्रविधि हस्तान्तरणमार्फत सामाजिक हितमा प्रयोग गर्ने उद्देश्यले संस्थाले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवीन खोजलाई प्रोत्साहन गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)