एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुन:सञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग
ictsamachar.com

काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुन:सञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पु¥याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरी कक्षामा फर्कन सक्नेछन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)