मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

kendrabindu.com · Sun Nov 22 13:33:53 UTC 2026

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार गर्नेबारे कुराकानी भएको थियो। दुवै नेताले द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान गर्दै आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)