मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट

nepaltvonline.com · Sun Nov 22 13:25:53 UTC 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताइएको छ। दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)