मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ दिल्लीमा नेपाल-भारत बिजनेस राउन्डटेबल सुरु

canadanepal.com · Sun Nov 22 15:45:28 UTC 2026

काठमाडौं- प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नयाँ दिल्लीस्थित होटल ताज महलमा नेपाल-भारत बिजनेस राउन्डटेबल सुरु भएको छ। सोमबार साँझ सुरु भएको उक्त कार्यक्रममा दुवै देशका सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ सहभागी छन्। त्यसैगरी, भारतको तर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीलगायतको उपस्थिति रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)