सशस्त्र द्वन्द्वपीडितहरू भन्छन्, ‘कि सास देऊ कि लास’
ratopati.com · Sun Nov 22 15:58:34 UTC 2026

काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको ३१ वर्ष र विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि झन्डै तीन हजार बेपत्ता नागरिकको अवस्था अज्ञात छ । समय फेरियो, व्यवस्था फेरियो, नयाँ सरकार पनि बन्यो; तर पीडित परिवारको प्रश्न उही छ– हाम्रा मान्छे कहाँ छन् ?
२०५९ साल कात्तिक २३ गतेको त्यो चिसो रात । बर्दियाको राजापुर नगरपालिका, झप्तीस्थित एउटा घरको ढोकामा एक्कासि ढक्ढक आवाज आयो । भित्र आमा, ६ वर्षीया छोरी र ८–९ महिनाकी दूधे बालिका मस्त निद्रामा थिए । ढोका खोल्नासाथ करिब १६–१७ जना प्रहरी भित्र पसे । आमा रुन थालिन् । तर, आँसु झर्न नपाउँदै प्रहरीले उनको कन्चटमा बन्दुक तेर्स्याए र आँखा नै तिर्मिराउने गरी अनुहारमा टर्च लाइट बाले । अनि धम्की दिए, 'तिमी रोयौ भने तिम्रो श्रीमानलाई यहीँ सुट गर्दिन्छौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)