कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति
laligurash.com · Sun Nov 22 12:18:57 UTC 2026

काठमाडौं। कीर्तिपुर नगरपालिका९ ढल्पास्थित सिरकडसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। उद्योग सञ्चालक विकास चौधरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे उद्योगमा अचानक आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगो लागेको आशंका गरिएको छ। आगलागीबाट उद्योगमा सञ्चालनमा रहेका तीनवटा मेसिन र गोदाममा भण्डारण गरिएका सिरक तथा डसनामा क्षति पुगेको छ। सञ्चालक चौधरीले घटनाबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)