इबोला प्रभावित देशहरूमाथि लगाइएका यात्रा प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह
makalukhabar.com · Mon Jun 01 05:23:54 GMT 2026

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपलाई लिएर प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) र युगान्डामाथि लगाइएका यात्रा प्रतिवन्ध तथा सीमा नाका बन्द गर्ने निर्णयहरूमाथि पुनर्विचार गर्न सम्बन्धित देशहरूलाई आग्रह गरेका छन् ।
कंगोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी एवं इबोला प्रकोपको केन्द्रबिन्दु मानिएको बुनियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक टेड्रोसले यस्ता प्रतिबन्धहरूले महामारी नियन्त्रणका प्रयासहरूलाई थप जटिल बनाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)