मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

nepalsamaya.com · Mon Nov 23 06:22:38 UTC 2026

काठमाडौं- प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ। दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन्।

वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)