मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री साह र मोदीबीच भेटवार्ता सम्पन्न, द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिँदै

ajakoartha.com · Mon Nov 23 07:40:00 UTC 2026

नयाँदिल्ली– भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

यहाँस्थित हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा छलफल भएको छ । विशेषगरी आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, सीमापार सम्पर्क सञ्जाल तथा विकास साझेदारीका विषयमा छलफल केन्द्रित रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)