अवैध उत्खनन रोक्न खानी प्रवेशद्वारमै परिमाण मापन प्रविधि जडान गर्न विज्ञको सुझाव
hamrakura.com · Mon Nov 23 00:00:00 UTC 2026

काठमाडौँ । खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न खानीका प्रवेशद्वारमै परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न विज्ञहरूले सुझाव दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथिको छलफलमा सहभागी विज्ञहरूले स्रोतको प्रभावकारी व्यवस्थापन, अनुगमन र व्यावसायिक उपयोगका लागि कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको औँल्याएका हुन्।
बैठकमा भूगर्भविद् रामप्रसाद घिमिरेले खानीबाट उत्खनन हुने खनिजको वास्तविक परिमाण यकिन गर्ने संयन्त्र विधेयकमा समेट्नुपर्ने बताए। खनिजको प्रकृतिअनुसार बहुमूल्य धातु किलोमा तथा अन्य खनिज टन वा घनमिटरमा मापन हुने भएकाले प्रवेशद्वारमै तौल वा आयतन मापन गर्ने उपकरण जडान गरी दैनिक विवरण विभागलाई उपलब्ध गराउने व्यवस्था गर्न उनले सुझाव दिए। विद्यमान कमजोर सजायका कारण कसुरदारले उल्टै फाइदा उठाइरहेको भन्दै घिमिरेले अवैध उत्खनन निरुत्साहित गर्न दण्ड–सजायमा कडाइ गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)