खानीको अवैध उत्खनन रोक्न मापन प्रविधि र प्रदेश तथा स्थानीय तहसम्म विभाग विस्तार गर्न विज्ञहरूको सुझाव
ratopati.com · Mon Nov 23 11:12:00 UTC 2026

काठमाडौँ । खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । खनिज स्रोतको प्रभावकारी व्यवस्थापन, अनुगमन र उपयोगका लागि विद्यमान कानुनी तथा संस्थागत व्यवस्थामा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)