बाँकेमा १२ हजारभन्दा बढी घर शौचालयविहीन
gorkhapatraonline.com · Mon Nov 23 12:58:04 UTC 2026

आधारभूत सरसफाइ र स्वच्छतालाई नागरिकको मौलिक आवश्यकता मानिएपनि बाँके जिल्लामा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी १२ हजार २८८ घरधुरीमा शौचालय नभएको तथ्याङ्क सार्वजनिक भएको हो ।
२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अनुसार, बाँकेमा ९.५ प्रतिशत घरधुरीमा शौचालय नभएको देखिएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ । जिल्लामा कुल एक लाख २९ हजार २३४ घरधुरीको तथ्याङ्कमध्ये एक लाख १६ हजार ९४६ घरधुरीमा कुनै न कुनै प्रकारको शौचालय रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)