मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

khabarhub.com · Mon Nov 23 12:55:44 UTC 2026

बर्लिन- जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ । राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका विद्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो ।

दक्षिणपश्चिमी राज्य बाडेन–वुर्टेम्बर्गमा मात्रै ४५० भन्दा बढी विद्यालयले यस्ता इमेल प्राप्त गरेका थिए । प्रहरीका अनुसार इमेलमा विद्यालय भवनभित्र विस्फोटक पदार्थ राखिएको र विस्फोट गराउने धम्की दिइएको थियो । केही विद्यालयले सावधानीस्वरूप विद्यार्थी तथा कर्मचारीलाई बाहिर निकालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)