भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक
ratopati.com · Mon Nov 23 13:44:46 UTC 2026

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन तयार भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार तयार भएको प्रतिवेदन सार्वजनिक समेत गरेको छ ।
दुर्घटनाको छानविन सकिएर प्रतिवेदन तया भए पनि वास्तविक कारण यकिन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनले दुर्घटनाको वास्तविक कारण पहिचान र सम्बन्धित पक्षको जिम्मेवारी निर्धारणका लागि थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)