झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · Mon Nov 23 13:43:54 UTC 2026
पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएकी छन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी ‘ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप’मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले भुटानलाई ७–० गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पारेको छ ।
एपिएफले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई शनिबार राति धरानमा सम्पन्न भएको ‘प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप’ हराउँदै उपाधि जितेको थियो । एपिएफ पहिलो संस्करणको उपविजेता टोली हो । एपिएफले घरेलु टोली झापा ११ सँग बुधबार सेमिफाइनल खेल खेल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)