प्रधानमन्त्री शाह स्वदेश फिर्ता
khabarhub.com · Mon Nov 23 13:45:35 UTC 2026

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका थिए ।
यस अगाडि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)