प्रधानमन्त्री शाह स्वदेश फिर्ता
himalpress.com · Mon Nov 23 13:51:57 UTC 2026

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फिर्ता भएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका थिए।
यसअघि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)