मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै

nepallive.com · Mon Nov 23 13:57:10 UTC 2026

रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वर्षौंदेखिको प्रतीक्षामा अब सकारात्मक संकेत देखिएको छ । भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना बलियो बनेको हो ।

नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बोधन भएको हो । नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि देखिएको प्रमुख अवरोधमध्ये एक हटाउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)