जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की
onlinekhabar.com · Mon Nov 23 13:56:09 UTC 2026

७ मङ्सिर, बर्लिन (रासस/एएफपी) । जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।
राजधानी बर्लिनसहित बाडेन–वुर्टेम्बर्ग, थुरिन्जिया, स्याक्सोनी–आनहाल्ट र राइनल्यान्ड–प्यालाटिनेट राज्यका विद्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो । दक्षिणपश्चिमी राज्य बाडेन–वुर्टेम्बर्गमा मात्रै ४५० भन्दा बढी विद्यालयले यस्ता इमेल प्राप्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)