मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निर्माणजन्य खनिजको सदुपयोग गरी निर्यात बढाउन मन्त्री साहको जोड

corporatenepal.com · Mon Nov 23 15:43:12 UTC 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन र निर्यात प्रवर्द्धनका लागि तत्काल विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विज्ञहरूसँगको छलफलपछि उहाँले नेपालमा उपलब्ध निर्माण सामग्रीको सदुपयोग गरी भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने सम्भावना रहेको बताउनुभयो । त्यसका लागि तत्काल निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन र निर्यात प्रवर्द्धनको विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)