१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
ratopati.com · Tue Nov 24 02:05:47 UTC 2026
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।
दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)