मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुरु नानकको जन्मजयन्ती मनाइँदै

nepalpress.com · Tue Nov 24 02:04:33 UTC 2026

काठमाडौँ । विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिनुभएको थियो । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)