ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प
arthadabali.com · Tue Nov 24 02:37:13 UTC 2026

काठमाडौँ / ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०८३ मङ्सिर ८ गते बिहान ७ बजेर १७ मिनेटमा उक्त भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा समेत महसुस गरिएको छ । यसअघि अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) ले उक्त भूकम्प ५.३ म्याग्निच्युडको रहेको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)