ताप्लेजुङमा भूकम्प
ajakoartha.com · Tue Nov 24 02:36:00 UTC 2026

काठमाडौं- ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)