नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
kendrabindu.com · Tue Nov 24 02:53:47 UTC 2026

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङस्थित नेपाल–तिब्बत सीमा क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र तिब्बतसँग जोडिएको सीमा क्षेत्रमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)