वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
ratopati.com · Tue Nov 24 11:36:43 UTC 2026
काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
मंगलबार कतारको दोहामा जारी एसीसी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा उनले मात्र २८ बलमा शतक पूरा गरे । यससँगै उनले अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कको नाममा रहेको कीर्तिमान तोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)