मोदीलाई बालेनले दिएको शालिग्राम: मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
clickmandu.com · Tue Nov 24 12:46:20 UTC 2026

जोमसोम । भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ– शालिग्राम । भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम नेपालको कालीगण्डकी नदीमा मात्र पाइन्छ ।
मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा सञ्चारकर्मी सन्दिप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले मुस्ताङको जोमसोमनजिकै कालीगण्डकी नदी किनारमा घुम्दै गर्दा दशैंअघि उक्त शालिग्राम फेला पारेका थिए। अन्य शालिग्रामभन्दा फरक र विशेष आकृतिको देखिएपछि जोमसोममा व्यवसायसमेत गर्ने रिजालले त्यसलाई आफूसँगै सुरक्षित राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)