रुपन्देहीमा श्रीमानको हत्या आराेपमा महिला पक्राउ
nepalpress.com · Tue Nov 24 12:43:35 UTC 2026

रुपन्देही । रुपन्देहीमा श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । गैडहवा गाउँपालिका वडा नं ८ शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमालले ५२ वर्षीय श्रीमान् कमल कुमाललाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएपछि उपचारका क्रममा मृत्यु भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)