मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पोखरामा शाओमीकाे स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर सञ्चालनमा

kendrabindu.com · Tue Nov 24 12:44:24 UTC 2026

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो ।

स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी सबै सामग्री एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)