‘सुल्तान’ र ‘मर्दानी’ खिचेका डिओपीले खिच्दैछन् प्रदिपको ‘२६ करोड’
kendrabindu.com · Tue Nov 24 13:18:57 UTC 2026

काठमाडाैं । प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’लाई एसियन तथा युरोपियन चलचित्रका अनुभवी छायांकार आर्टुर जुराव्स्कीले छायांकन गर्ने भएका छन् ।
चलचित्र छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन् । शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारबाट वर्कसप समेत जोइन गरेका छन् । बिकास सुबेदीको निर्देशन रहने चलचित्रको हाल वर्कसप भइरहेको छ । मंसिर १५ गतेबाट चलचित्रको छायांकन सुरू हुने निर्माता सुभाष भुषालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)