दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी
khabarhub.com · Tue Nov 24 13:25:58 UTC 2026
कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर रङ्शाशालामा भएको उक्त खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सवै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)