मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

फोहर बिक्रीबाट आम्दानी गर्दै भद्रपुर अस्पताल

khabarhub.com · Tue Nov 24 15:48:19 UTC 2026

झापा – अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ ।

अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहर छुट्याएर बिक्री गरी वार्षिक करिब रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार अस्पतालले विगत पाँच वर्षदेखि फोहर व्यवस्थापनबाट नियमित आम्दानी गर्दै आएको हो । पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्याएर बिक्री गर्ने गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)