पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो लहर
lokaantar.com

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ ।
अन्य भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने र मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने प्रक्षेपण गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले बताएको छ।
मौसम महाशाखाले देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना औंल्याएको छ। साथै, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेश, बागमती तथा गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने र मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले अनुमान गरेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ।
महाशाखाका अनुसार रातको समयमा कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना छ।
यसैगरी कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेश प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मधेस प्रदेश
मौसम