रास्वपा महाधिवेशन : मतदान सकिँदा १२ बज्ने
baahrakhari.com · Thu Jun 25 00:54:36 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको मतदान जारी रहेको हो ।
मतदानको समय मध्याह्न १२ बजेसम्मलाई तोकिएको छ । बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् ।
“यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ होला,” प्राविधिक लक्ष्मण रिमालले बाह्रखरीसँग भने, “एकजनालाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ । त्यसैले १२ बजेसम्म मतदान सकिन अनुमान गरेका छौँ ।” ८० वटा मेसिनबाट मतदान भइरहेको छ ।
९९ केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान भइरहेको हो । निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।
मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
#मतदान
#रास्वपा महाधिवेशन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)