मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकर्स संघको नेतृत्व परिवर्तन हुँदै, अध्यक्षमा सुरेन्द्रराज रेग्मी पक्का !

kendrabindu.com · Wed Nov 25 13:06:02 UTC 2026

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को ४१औँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। शुक्रबार काठमाडौंको होटल मर्क्युरमा हुने संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको हो।

संघको परम्पराअनुसार उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले हाल उपाध्यक्ष रहेका रेग्मीले नेतृत्व सम्हाल्न लागेका हुन्। पछिल्लो १३ वर्षदेखि संघमा उपाध्यक्ष नै अध्यक्ष बन्दै आएका छन्। दुई वर्षअघि भने अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)