किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?
nepallive.com · Wed Nov 25 13:11:19 UTC 2026

काठमाडौं– पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । तर, सर्वोच्चले उनको रिटलाई सामान्य प्रक्रियामा सीमित नराखी शीघ्र सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)