उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग
onlinekhabar.com · Wed Nov 25 13:05:49 UTC 2026

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उखु किसानका समस्याबारे निर्णय गरेको हो ।
‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)